बिर्तामोड।
झापा गोल्डकपका अध्यक्ष केदार गिरी बिर्तामोड उद्योग वाणिज्य संघको सल्लाहकारमा मनोनित भएका छन्। संघको आज बसेको बैठकले गिरीलाई एक कार्यकालका लागि सल्लाहकारमा मनोनयन गरेको हो।
बिर्तामोड उद्योग वाणिज्य संघको विधान २०७३ को परिच्छेद ९ अन्तर्गत दफा २९।१ को उपदफा ‘क’ बमोजिम सल्लाहकारमा मनोनयन गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए।
विधानअनुसार संघले पाँच सदस्यीय सल्लाहकार समिति गठन गर्न पाउने व्यवस्था छ। सोही प्रावधानअनुसार गिरीलाई सल्लाहकार समितिमा समेटिएको अध्यक्ष न्यौपानेले बताए।
कञ्चन निर्माण सेवाका सञ्चालकसमेत रहेका गिरी झापाका स्थापित व्यवसायी हुन्। उद्योगी व्यवसायीको हकहित तथा संरक्षणका क्षेत्रमा उनको भूमिका प्रभावकारी रहने अपेक्षा गरिएको छ। उनी झापा गोल्डकपका अध्यक्ष तथा नेपाल दशनामी समाज झापाका समेत अध्यक्ष हुन् ।


















