झापा । 

नाबालिगलाई  बाटो छेक्ने, जिस्क्याउने, आफुले लगाएको कट्टु खोलेर संवेदनशील अंग देखाई हैरानी दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  झापाको भद्रपुर नगरपालिका–१ मा प्रतिवादी भद्रपुर–१  का ४० बर्षीय मंगल टुडुले बिद्यालय जाने क्रममा १४ बर्षीया नाबालिगलाई  बाटो छेक्ने, जिस्क्याउने, आफुले लगाएको कट्टु खोलेर संवेदनशील अंग देखाएर हैरानी दिने कार्य गरेका थिए । 

उनलाई पुस १४ गते इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यलाय झापा पठाइएको थियो । अनुसंधान तथा कारवाहीको लागि  मुलुकि अपराध संहिता २०७४ को करणी कसूर अन्तर्गत बाल यौन दुर्व्यव्हार अभियोगमा जिल्ला अदालत  झापाबाट आज (बुधवार)  पहिलो पटकलाई  दिन ५ म्याद लिइएको प्रहरीले जनाएको छ ।

 ती अभियुक्तले यस अघि पनि विद्यार्थीहरुलाई  सार्वजनिक बाटो, स्थानहरुमा संवेदनशील अंग देखाई अश्लील हर्कत देखाई हैरानी दिने गरेको खुलेको छ ।टुडुले पुस १३ गतेका बिहान १० बजेको समयमा भद्रपुर–१ मा उक्त हर्कत गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।