झापा । 

जंगली हात्तीले झापाका बिभिन्न स्थानमा  पालिकाकाको स्थानीयको घरमा क्षति पुर्याएको छ । गएराति बिहान राति झापाको कमल गाउँपालिका, भद्रपुर र बिर्तामोड नगरपालिकाका तीन वडा घरमा क्षति गरेको हो ।

आज बिहानराति अन्दाजी १ बजेको समयमा कमल गाउँपालिका–३ बगाने टोलमा तीन वटा जंगली हात्तीको हुल आएर सोही स्थानका अन्दाजी ५२ बर्षीय गणेश बस्नेतको बाँसको टाटी बेराले बनेको टिनको छानो भएको भुइ घरमा आंशिक क्षति र बाँसको टाटी बेरा फुसको छानो भएको भान्सा घर पूर्ण रुपमा क्षति पुर्‍याएको हो । 

 सोही  घर भित्र रहेको ४ मन धान, ४ मन मकैको पिठो, लत्ता कपडा, भाँडा वर्तन, खाटमा क्षति पुर्याउँदा एक लाख बराबरको क्षति भएको थियो । 

त्यस्तै आज बिहानराति अन्दाजी २ बजेको समयमा भद्रपुर नगरपालिका–७ डाँफे चौकका ऋषी भट्टराईको ईटा र टिनको छानो भएको १ तल्ले पक्कि घरको पूर्व साईड किचनको ईट्टाको पर्खाल भत्काउँदा २२ हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

 यसैगरी आज बिहान राति अन्दाजी ४ बजेको समयमा बिर्तामोड नगरपालिका–८ किशनभिट्टाका टंक बरायलीको टाँटी बेरा टिनको छानो भएको १ तल्ले कच्ची घरको टाँटी एउटा हाती आएर भत्काउँदा भन्डार कोठा भित्र रहेको ८०० किलो धान १०० किलो चामल खाँदा ४५ हजार मूल्य बराबरको अन्न खाई जंगलतर्फ भागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।