झापा । 

झापाको मेचीनगर नगरपालिका–६ कालीखोला पुलस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति ८ः१५ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काँकरभिट्टाबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र १–०१–०१३ प ५८८८ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको PB02BR7765 नम्बरको माल बाहक ट्रकले पछाडीबाट ठक्कर दिदा दुर्घटना भएको थियो । 

माल बाहक ट्रकले ठक्कर दिदा  स्कुटर चालक मेचीनगर–६ का अन्दाजी ३३ बर्षीया  लक्ष्मी साह गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाइएकोमा गएराति ९ः१५ बजे घाईतेलाई डाक्टरले चेकजाँचपछि मृत घोषणा गरेका थिए । 

 लाश सोही अस्पतालमा राखिएको छ भने स्कुटी र ट्रक चालक भारत पंजाब अमृतसार जिल्ला भोलेबाबाका ३६ बर्षीय संदिप सिंह इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेका छन्  । ट्रक प्रहरी नियन्त्रणामा रहेको र घटनाको बिषयमा थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।