झापा ।
झापा बाह्रदशी गाउँपालिका–५ चौरीगाउमा गएराति २ बजेको समयमा आगलागी हुँदा ११ लाख ४० हजार ५०० रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । बाह्रदशी गाउँपालिका–५ चौरीगाउका राकेशकुमार कार्कीको टिनको छानो भएको १ तले बोईलर कुखुरा फर्ममा अचानक आगलागी भएको थियो ।
तत्काल कारण नखुलेको फर्ममा आगलागी भएपछि स्थानियको सहयोगमाबिहान राति ३ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
उक्त आगलागीबाट घर तथा कुखुरा फर्म पूर्ण रुपमा जलेर फर्म भित्र रहेको कुखुराको दाना, हिटर, पंखा, कुखुराको औषधी, धानलगायत अन्य सरसमानहरु पूर्ण रुपमा जलेको छ । आगलागगीमा ११ लाख ४० हजार ५०० बराबरको धनमाल जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















