- वीरु दर्नाल
झापा ।
महेन्द्र रत्न मावि अनारमनीको पूर्व विध्यर्थी समाजको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट मदन गोपाल सुब्बा सर्वसम्मत अध्यक्ष भएका छन् । समाजको आज सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले सुब्बाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समाजका संस्थापक अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष हरीचरण शिवाकोटी रहेका थिए ।
आगामी दुई वर्षको लागी चयन १५ सदस्यीय नयाँ समितिमा अध्यक्ष सुब्बा, उपाध्यक्ष रुपक गोदार थापा, सचिब भूविक्रम बस्नेत, कोषाध्यक्ष नरेश न्यौपाने रहेका छन् । त्यस्तै सदस्यहरु भावना आचार्य, शारदा न्यौपाने, ईन्दीरा भट्टराई गिरी, शान्ता चुडाल, शोभा आचार्य, कमलराज बिमली, शुसिल बस्नेत, बाबुलाल अग्रवाल, कृष्णलाल राजवंशी, गोपाल दाहाल र किशोर मैनाली रहेको बताईएकोछ । अध्यक्षको प्रतिवेदन संस्थापक अध्यक्ष पोखरेल, संचालन मोहन शिवाकोटी र स्वागत मदन गोपाल सुब्बाले गरेका थिए ।
कार्यक्रममा चार जना शिक्षकलाई सम्मान् गरिएको थियो । वर्तमान प्रधानाध्यापक खड्गप्रसाद खरेल, नेत्रप्रसाद खरेल, भोजराज दाहाल र युवराज कट्टेललाई सम्मान गरिएको हो । प्रमुख अतिथी, पूर्व प्रधानाध्यापक देवेन्द्र गौतम र प्रधानाध्यापक खड्गप्रसाद खरेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा समाजद्वारा प्रकाशित महेन्द्र रत्न प्रेरणा पुंज स्मारिका विमोचन गरिएको थियो । समाजको हालसम्म १७ लाख अक्षय कोषमा जम्मा भएको रएक सय ५१ जना पूर्व बिद्यार्थी आजिवन सदस्य रहेको काजी बुढाथोकीले बताए ।
पहिलो पटक बि.सं. २०७९ साउन २१ गते बिध्यालय परिसरमा सम्पन्न भेलाले राजकुमार पोखरेलको अध्यक्षतामा तदर्थ समिति निर्माण गरेको थियो । यस्तै ०७९ मंसिर २८ गते यस भूतपूर्व बिद्यार्थी समाजको विधिवत् जिल्ला प्रशसन कार्यालय झापामा दर्ता भएको बताईएकोछ । संस्थाको अक्षय कोषमा ५ हजार ५ सय समर्पण गर्ने सदस्यलाई स्वतः संस्थाको आजिवन सदस्य हुने ब्यवस्था गरिएको डा। लक्ष्मीप्रसाद मैनालीले जानकारी दिए । ०१४ सालमा स्थापना भएको यस विध्यालयले ०२७ सालदेखि प्रवेशिका परिक्षामा सहभागी भएको हो ।
यस संस्थाले हरेक अधिवेशन वा कार्यक्रम बाहेकका बैठक, भेला वा अन्य शिर्षका संस्थाको रकम खर्च नगर्ने प्रचल गरेको कुरा रुपक गोदार थापाले बताए । समाजको नेतृत्वमा हालसम्म गुरु पूर्णिमाको अवसरमा गुरु सम्मान्, शुद्ध खानेपानी ट्याँङ्की, छात्रत्रवृत्ति, लामो दुरीबाट आउने छात्रालाई साईकल वितरण तथा बिभिन्न शिपमुलक तालिमको संचालनसमेत गरिरहेको वेदप्रकाश न्यौपानेले जानकारी दिए ।


















