बुट्टावारी । 

प्रवास नेपाली सम्पर्क समिति भर्जिनिया अमेरिकाको आर्थिक सहयोगमा न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न भएको छ । झापा अर्जुनधारा नगरपालिका भित्रका तीन सामुदायिक बिद्यालयहरुमा कपडा वितरण गरिएको हो । अर्जुनधाराका  चन्द्रोदय आधारभूत बिद्यालयका ४२ जना, बालज्योती आधारभूत बिद्यालयका ४७ जना र  जुनकीरी सार्वजनिक आधारभूत बिद्यालयको ७१ जना गरि १६० जना अति बिपन्न विद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याकसुट बितरण गरिएको छ । 

अति बिपन्न अभिभावकका नानी बाबुहरु जाडोको कारण नियमित बिद्यालय नआउने दैनिक ज्यालादारी गर्ने अभिभावकहरुले आफ्नो दैनिकी खानपिन नै ब्यवस्थापन गर्न नसकी रहेको अवस्थालाई हेरि प्रवासमा रहने सहयोगिहरुको समन्वयमा यो न्यानो ट्र्याकसुट कपडा बिद्यालयहरुको मागलाई ब्यवस्थापन गरिएको कार्यक्रमकि प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले बताइन् । 

कार्यक्रम चन्द्रोदय आबिका प्रधानाध्यापक टंक आचार्य, बिब्यसका अध्यक्ष कुमार कार्की, बालज्योती आबिकि प्रधानाध्यापक पुजा भारती,  बिब्यसका अध्यक्ष बिजय कुवँरलगायतले बालबालिकाहरुको मुहारमा हाँसो र नियमित बिद्यालय आउने वातावरण बनाइ दिएकोमा प्रवास नेपाल सम्पर्क समिति भर्जिनिया अमेरिकालाइ धन्यवाद व्यक्त गरेका थिए। 

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर मगरको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत कृष्ण सेर्मा र बिनम अधिकारीले गरेका थिए भने कार्यक्रम सहजीकरण जुनकीरी आधारभूत बिद्यालयका प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।