बुट्टाबारी । 

गृष्मा भट्टराईले २१ औं जन्मोत्सव बालगृहका बालबालिकाहरुसँग मनाएकि छिन् । उनले बन्दी सहायता नेपालद्वारा संचालित मनमाया, गंगाआमा र जगल गार्डेन ब्वाइज होमका तथा जुनकीरी आधारभूत बिद्यालय झापा अर्जुनधारा–११ का बालबालिकासँग मनाएकी हुन् । 

उनले ८१ जना विद्यार्थीहरुलाइ ३ महिनाका लागि स्टेशनरी साथै खेलकुद सामग्रीहरु फुटबल, भलिबल, लुडो, चेस, स्पिकिङ्ग, क्यारेमबोड जाडोका लागि मोजा, टोपी प्रदान गरेकि छिन् । 

उनले विद्यार्थीहरुलाइ ननभेज खाना र फलफूल खुवाएकी थिइन् । कार्यक्रममा विद्यार्थीहरुले अत्यन्तै सुन्दर नृत्य प्रस्तुत गरि रमाइलो गरेका थिए । कारागारमा रहेका अभिभावक एवम् अत्यन्तै बिपन्न बालबालिकाहरुसग बसि यसरी रमाइलो साथ आफ्नो जन्मोत्सव मनाउन पाउदा अत्यन्तै खुसी भएको बताइन् । 

कार्यक्रममा आफ्नो कान्छी छोरीको इच्छा अनुसार जन्मोत्सव मनाउन पाउँदा र यहाँका अति बिपन्न विद्यार्थीहरुलाइ केही सहयोग गर्न पाउँदा र बिदेशमा रहेकी छोरीहरुले यो कार्यक्रमका लागि सहयोग रहेकोले करिव चालीस हजार बराबरको सामग्री हस्तान्तरण गरिएको बताए । 

कार्यक्रममा सस्थापक रिता राई राना बन्दी सहायता नेपाल झापा शाखाकी कोषाध्यक्ष अम्बिका गुरुङ, शिक्षक अनुजा क्षेत्री, प्रज्वल कुवर, उज्वल आचार्य लगायतले जन्मोत्सव एवम् सहयोगको लागि धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत शिक्षक गिता खरेलले गरेकी थिइन् भने सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।