बिर्तामोड । 

झापामा शिक्षासेवी गणेशप्रसाद खनालको मृत्यु भएको छ । गोमेन्द्र महाविद्यालयका संस्थापक  खनालको निधन भएको हो। झापाका पुराना शिक्षासेवी खनालको आज (बिहीवार) मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ ।  

उनको ८४ बर्षको उमेरमा निधन भएको हो । १९९८ असार ३ गते जन्मिएका खनालको निधनले शिक्षा क्षेत्रमा ठुलो क्षति पुगेको जनाइएको छ । उनका दुई छोरा डा. रूपकप्रसाद खनाल र उत्तम खनाल शिक्षा क्षेत्रमै  छन् । 

गोमेन्द्र परिवारले पनि खनालको निधनप्रति  शोक र अपूरणीय क्षति पुगेको जनाएको छ।  खनालको दूरदर्शी सोच र शिक्षा प्रतिको समर्पणले हजारौं विद्यार्थीहरुको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुगेको छ ।