झापा । 

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज तराई तथा मधेशका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजराति पनि तराईका केही ठाउँमा हुस्सु कायमै रहनेछ ।

हुस्सु तथा कुहिरोको प्रभावले विशेष गरी बिहान तथा बेलुकाको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।