बिर्तामोड ।
इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुनः निर्माणका लागि अझै सहयोग जुट्ने क्रम जारी छ । झापाको बिर्तामोड–५ को स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले जेनजी आन्दोलनका क्रममा क्षति ग्रस्त बनेको प्रहरी भवन पुनःनिर्माण तथा मर्मत सम्भारका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
प्रहरी भवन पुनः निर्माणका अगुवा बिविन बजगाँईलाई साकोसका अध्यक्ष केशव बस्नेतले उक्त रकम हस्तान्तरण गरेका हुन् । गत भदौं २४गते भएको जेनजी आन्दोलनका क्रममा इप्रका अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय तोडफोड र आगजनीले ध्वस्त भएको थियो ।
सामाजिक व्यक्तित्व तथा स्थानीय सामाजिक संघसंस्थासहित व्यक्तित्वहरुको साथ र सहयोगका कारण प्रहरी भवन पुनःनिर्माण गरिएको थियो ।


















