झापा ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । देशभर मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने छ। आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु–कुहिरो रहनेछ। देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राती तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

















