झापा ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ । आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आज बन्दसत्र शुरु हुन लागेको हो ।
बिहानको खाजापछि बन्दसत्र शुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । आज ढिलोमा बिहान १० बजेदेखि बन्दसत्रका कार्यक्रम शुरु हुनेछन् ।
प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो । महाधिवेशनमा २ हजार ६०० बढी प्रतिनिधिले नाम दर्ता गरेका छन् ।
कार्यविधि बनाएर बन्दसत्रको कार्यक्रम अघि बढाइने छ । बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन् । बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ ।

















