बिर्तामोड ।
जमानतमा मोही जानकी राजवंशी हिरासत मुक्त भएकि छिन् । केही दिन अघि नक्कली मोही खडा गरिएको विषयमा झापा मालपोत कार्यालयमा अनसन बसेर काम ठप्प पार्दै प्रदर्शन गरिएको थियो ।
जसको कारण ७५ वर्षीया वृद्ध आमा, जो ३७ वर्षदेखि एकल थिइन् एकल महिला जानकी राजवंशीलाई अनुसन्धानका लागि केही दिनदेखी हिरासतमा राखिएको थियो ।
उक्त बृद्धको अवस्था थाहा पाएपछि बन्दी तथा बालबालिका सम्बन्धि न्याय तथ अधिकारका लागि लामो समयदेखि काम गर्दै आएकी सामाजिक ब्याक्तित्व तथा उपसभामुख इन्दिरा राना मगरको सहजीकरणमा जमानतमा बृद्ध राजवंशी अहिलेलाई थुनामुक्त भएकी छिन् ।
थुनामा रहेका भतिजो दोस्रो पटक म्याद थप गरि अनुसन्धानका लागि हिरासत मै रहेको जिल्ला प्रहरी कार्यालय प्रमुखले जानकारी दिएका छन् ।


















