झापा । 

झापाको भद्रपुर नगरपालिका–६ गिरी चोकमा भएको सवारी दुर्घटनामा चार जना घाइते भएका छन् । बनियानिबाट चन्द्रगढी तर्फ जाँदै गरेको को २ च १६४६ नम्बरको पिकअप आफै अनियन्त्रित भई पल्टिदा पिकअपमा सवार मानिसहरु मध्ये ३ जनालाई केही नभएको २ जना सामान्य घाईते भएका थिए । 

आज (बुधवार) बिहान ११ बजेको समयमा भएको सवारी दुर्घटनामा घाइतेलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भईरहेको उक्त स्थानमा वडा प्रहरी कार्यालय भद्रपुरको  प्रहरी टोली गएको थियो । 

 पिकअप रोडको साईडमा राखेको, सवारी साधन आवत जाबत भईरहेको थियो । दुर्घटनामा पिकअप चालक दमक–९ अन्दाजिका २२ बर्षीय सुमन लमजेल सार्की, कमल गाउँपालिका–६ का अन्दाजि २२ बर्षीय राहुल सहनि र अनारमनी–१ का अन्दाजि ३९ बर्षीय बिष्णु पौडेललाई केही नभएको र अन्दाजि ४५ बर्षीय बिक्रम सहनिको बाहिरि चोट नदेखिएको र अन्दाजि ४२ बर्षीय तेजेन्द्र सहनीको मुख र दाहिने हातमा चोट अवस्था बोल्न सक्ने सामान्य जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।