झापा । 

झापाको बिर्तामोड नगरपालिका–५ सिटि सेन्टरस्थित पूर्व पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति ७ः५० बजेको समयमा  बिर्तामोडतर्फ बाट बुट्टाबारीतर्फ जाँदै गरेको ना८ख २२९७ न। को  ट्रक र बिपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटनामा भएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका–४ का ३२ बर्षीय  खगेन्द्र मगर बाहिरि चोट नदेखिएको अवस्था भएपनि गम्भीर घाइते भएका थिए । सोहि मोटरसाइकल पछाडी सवार उनको श्रीमति २५ बर्षीया सुकमाया तामाङ टाउकोमा चोट लागेर गम्भीर अवस्थामा दुवै जनाको बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याएर उपचार भई रहेकोमा राति ९ बजे  खगेन्द्र मगरको  उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

 दुर्घटनापछि मोटरसाइकल आफै आगलागी भई मोटरसाइकल पुर्ण रुपमा जलेको थियो ।  प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलले उक्त आगलागी ८ः३० बजे नियन्त्रणमा लिएको थियो । ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नियन्त्रणमा र मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ । ट्रक चालक तत्काल फरार रहेकाले खोजतलाश  भइरहेको र घटनाको बिषयमा अनुसन्धान पनि भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।