झापा । 

झापाको बिर्तामोड नगरपालिका–८ हर्चना टोलमा भएको सवारी दुर्घटनाका एक जनाको मृत्यु भएको छ । शैनिकमोड भद्रपुर सडक खण्डमा शैनिकमोडबाट भद्रपुरतर्फ जाँदै गरेको प्र१–०१–०१४ प ५११९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । 

गएराति ८ः१५ बजे मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना चालक भद्रपुर नगरपालिका–७ का ३६ बर्षीय सुदिर निरौला गम्भीर  घाइते भएका थिए । घाइते उनलाई  बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याईएकोमा उपचारको क्रममा  राति ९ः१५ बजे  डाक्टरले मृत घोषणा गरेका थिए । 

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।