झापा ।
लागूऔषधसहित झापाको गौरादहका एक जना पक्राउ परेका छन् । भारतको पानीट्याङ्कीबाट भाडाको सिटि सफारीमा नेपालतर्फ आउँदै गरेका गौरदाह नगरपालिका–५ स्कुल चोकका २७ बर्षीय अमिर बास्कोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
लागूऔषध नियन्त्रण व्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ पुरानो मेचीपुलबाट मंगलबार अन्दाजी दिनको ४ः४५ बजेको समयमा बास्कोटालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बास्कोटालाई शंका लागेर सोधपुछ तथा शरिर तलासी लिँदा लागुऔषध अर्थात खैरो हिरोईन जस्तो देखिने प्लाष्टिक बाहेक ३ ग्राम ७२० मिलिग्राम लागुऔषध फेला परेको छ । उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
















