झापा । 

झापाको शिवसताक्षी नगरपालिका–६ जामबारीमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । आज (बुधवार) साँझ ६ बजेको समयमा झिलझिले–कुञ्जिबारी पक्की सडक खण्डमा बिष्णु चोकबाट जनता चोकतर्फ जाँदै गरेको मे १ त ७५६३ नम्बरको ट्याक्टरका सह–चालक सोही स्थानका अन्दाजी २२ बर्षीय नारायण राजवंशी लडेर मृत्यु भएको हो । 

अचानक गुडिरहेको ट्याक्टरबाट लडेर गम्भीर घाइते भई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा ६ः५५ बजे  डाक्टरले घाइते राजवंशीलाई मृत घोषणा गरेका थिए । 

 ट्याक्टर चालकसोही स्थानका अन्दाजी ३० बर्षीय नितेश घिमिरे र ट्याक्टर इलाका प्रहरी कार्यालय शिवगञ्जको नियन्त्रणमा रहेको र घटनाका बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।