विराटनगर l

सुनसरी, उदयपुर र धनकुटा जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


आइतबार सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले धरान-१७ का निर बहादुर दर्जी र किरण मगरलाई लागुऔषध ब्राउन सुगर १८० मिलिग्राम, प्रतिबन्धित औषधी ११९ पिस सहित र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-१९ का अविनाश चौधरीलाई ४३० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ l 


उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले बा ९५ प ६२९१ नम्बरको मोटरसाईकल चालक त्रियुगा-११ का सविन राईलाई संका लागि चेकजाँच गर्दा उनको साथबाट १५० एम्पुल प्रतिबन्धित औषधी फेलापारी नियन्त्रणमा लिएको छ ।


त्यसैगरी धनकुटाको सहिदभुमी-५ का रोहन राईलाई १३ किलो ४०० ग्राम लागु औषध गाँजा सहित इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ ।