झापा ।
झापाको मेचीनगर नगरपालिका–१० धुलावारीबाट चोरीमा संलग्न दम्पती पक्राउ परेका छन् । सोमवार दिउँसो २ बजे मेचीनगर–१० निन्दा पुलबाट बिर्तामोड–१ का २७ वर्षीय मकबुल अन्सारी र उनकी श्रीमती २३ वर्षीया सबिना खातुनलाई चोरी गरेको सामानसहित पक्राउ गरिएको हो ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएर चेकजाँच गर्दा उनीहरुको साथबाट अन्दाजी एक लाख मूल्य बराबरको नेपाल टेलिकमको २ बोरा तार, एउटा तार कटर र एउटा ग्लेण्डर मेसिन फेला परेको थियो ।
उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सो तार बिर्तामोड क्षेत्रबाट चोरी भएको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।


















