बिर्तामोड । 

प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसको अवसरमा झापामा वृद्धाश्रममा फलफुल तथा खाद्यान्न वितरण गरिएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले बिहीबार वृद्धवृद्धालाई फलफुल तथा खाद्यान्न वितरण गरेर स्थापना दिवस मनाएको हो । 

बिर्तामोड–५ स्थित लालीगुराँस भक्तबारी टोलस्थित गुरुप्रसाद–डिकमाया फाउण्डेसनद्वारा सञ्चालित स्नेहा माया घरमा खाद्यान्न तथा फलफुल वितरण गरिएको हो ।

केन्द्रीय सदस्य राजु पाठक, निवर्तमान सदस्य लिलाराज झापाली, जिल्ला अध्यक्ष पुष्प खड्का, उपाध्यक्षद्व होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिव प्रकाश उप्रेती, कोषाध्यक्ष मनोज तिवारी, सहसचिव राजन साम्पाङ, निवर्तमान प्रदेश सदस्य चुडामणी तिम्सिना र जिल्लाका निवर्तमान सचिव उद्धव पुरी लगायत कार्यक्रममा सहभागी थिए । 

उनीहरुले वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई चामल, फलफुल, साबुन, विस्कुट, तेललगायतका खाद्यान्न तथा फलफुल प्रदान गरेका थिए । प्रेस सेन्टर नेपालले प्रत्येक बर्ष माघ १५ गते स्थापना दिवस मनाउँदै आएको छ ।