झापा । 

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष  एकराज गिरीसहित तीन जना पत्रकार सम्मानीत भएका छन् । वीरता जेसीज सन् २०१८ का अध्यक्ष तथा हाल प्रमुख सल्लाहकार  गिरीलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

गिरी नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादकसमेत हुन् ।

यसैगरी  मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२५ संयुक्त पत्रकार सुरेन्द्र भण्डारी र टीकाराम बाँस्तोलालाई प्रदान गरिएको छ ।