झापा । 

 झापाको भद्रपुर नगरपालिका–२ सगरमाथा चोकस्थित भद्रपुर बनियानी पक्की सडक खण्डमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । 

 बनियानिबाट पृथ्बीनगर आउँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले आइतवार साँझ ६ः२० बजेको समयमा पैदल यात्री भद्रपर–२ का ६४ बर्षीय कुलप्रसाद खरेललाई ठक्कर दिएको थियो । 

ठक्कटरबाट घाइते खरेललाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेका थिए । शव पोष्टमार्टमको लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाएको छ ।

मोटरसाइकल चालक भद्रपुर–६ का २१ बर्षीय अनुराग घोषको अनुहारमा चोट अवस्था गम्भीर प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचारपछि थप उपचारको लागि  ओमसाई पाथिभरा अस्पताल भद्रपुर रेफर गरिएको छ । 

पछाडी सवार सोही स्थानका २१ बर्षीय मन्दिप दंगालको अवस्था सामन्य र मोटरसाइकल प्रहरीले  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।