झापा ।
झापाको भद्रपुर नगरपालिका–५ भद्रपुर बजारबाट ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर ज्वेर्समा उदयपुरको चौदण्डीगडी नगरपालिका–३ का मंगलबहादुर बि.क. को छोरा अन्दाजी ४३ बर्षीय जितबहादुर बिकले सुँन जस्तो देखिने पहिलो धातु धरौटी राख्न खोज्दा सुन पसलले शंका लागेर वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी गराएका थिए ।
गत माघ १५ गते साँझ ५ः३० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली गएर उनलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको थियो ।
उनलाई थप अनुसन्धानका लागि माघ १६ गते जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको थियो । उनलाई मुलुकि अपराध संहिता २०७४ को ठगी कसुरमा ५ दिनको म्याद थप भई अनुसन्धान भईरहेको छ।
प्रारम्भिक अनुसंधानका क्रममा अभियुक्तले यस अघि पनि बिर्तामोड क्षेत्र लगायत सुन पसलहरुमा सक्कली गहना हो भन्दै आफुलाइ इमेरजेन्सी परेकोले बन्दगी राख्न लागेको भन्दै नगद लिइ ठगि गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















