झापा ।
सवारी दुर्घटनामा घाइते एक बृद्धको उपचारको क्रममा मृत्यु भएको छ । झापाको झापा गाउँपालिका–२ का ७१ बर्षीय गणेशकुमार भण्डारीको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको हो ।
गत माघ १६ गते दिनको अन्दाजी १६ः३५ बजेको समयमा झापा गाउँपालिका–२ सडकबारीस्थित हुलाकी सडकखण्डमा गौरीगञ्जबाट झापाबजारतर्फ आउँदै गरेको प्र १–०२–०५४ प ९३९३ नम्बरको मोटरसाइकलले झापाबजारबाट सडकबारीतर्फ जाँदै गरेका साईकलयात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट साईकलयात्री भण्डारी गम्भीर घाइते भएका थिए । उनको उपचार बीएण्डसी अस्पताल भइरहेकोमा उपचारकै क्रममा आज बिहान ७ः१५ बजे मृत्यु भएको हो ।
मोटरसाइकल र मोटरसाइकल चालक मोरङको बिराटनगर उपमहानगरपालिका–१४ का अन्दाजी २८ बर्षीय हेमन्त कुमारलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव आज १ः१५ बजेको समयमा कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जमनकारी दिएको छ ।


















