बिर्तामोड ।
झापाको बिर्तामोड–४ को ग्लोरी अंग्रेजी माध्यमिक विद्यालयले बिबिध कार्यक्रम गरेर ३१ औं बार्षिकोत्सव मनाएको छ । विद्यालयले आज (मंगलबार) विद्यालय परिसरमा साँस्कृतिकसहित विभिन्न कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो ।
विद्यालयका संस्थापक तथा प्रधानध्यापक इन्द्रदेव केरूङको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला प्याव्सन अध्यक्ष छत्रबहादुर कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कार्की, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष गोपाल काफ्ले, झापा जिल्ला प्याब्सन बरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, बिर्तामोड नगर प्याब्सन अध्यक्ष सुरेन्द्र खरेललगायतले शुभकामना मन्तब्य राखेका थिए ।
विद्यालय इन्चार्ज शशिलकुमार राईले स्वागत तथा बिद्यालयको गतिबिधिका बिषयमा जानकारी गराएको कार्यक्रमको सन्चालन शिक्षक पुण्यप्रसाद सुवेदी र विद्यार्थीले गरेका थिए ।
सोही कार्यक्रमकाबिच २०८० र २०८१ को एसईईमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थी साइमन बस्नेत, सरु मगर, नविन गौतम, दिपिका अकिारीलाई नगदसहित सम्मान गरिएको छ । यस्तै एमडी अव्पास, अभिलाशा लिङ्देनलाई पनि सम्पन गरिएको थियो । कार्यक्रममा शिक्षक दुर्गा अधिकारी, सपना गुरुङलाई साथै बिद्यालय सहयोगी प्रेम न्यौपानेलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा बिराट ज्योती अंग्रेजी माविका प्रिन्सिपल गणेश ओली, भूपू बिद्यालय समितिका अध्यक्ष चन्द्र सुवेदी, भूपू बिद्यालय अभिावक समितिका अध्यक्ष बाशु अधिकारी, समाजसेवी सरोज बिमली, प्रेम कार्कीलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा बिद्यार्थीले स्वागत मन्तव्य, नृत्य, गायन, समूह नृत्य, रेम्प वाल्क, नाटक, फेसन सो, एकल गायनलगायतका प्रतिभाहरू प्रस्तुत गरेका थिए ।
बिद्यालयमा हाल ५ सय वढी बिद्यार्थी अध्ययनरत रहेका छन् भने शिक्षक र कर्मचारी गरेर ४० जना रहेको विद्यालयका ब्यवस्थापक सन्तोष प्रसाईले जानकारी दिए ।


















