झापा । 

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको र जसको प्रभावले बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।