बिर्तामोड । 

वरिष्ठ साहित्यकार दिलबहादुर थापाको कृतिमाथि शुक्रबार बिर्तामोडमा भव्य परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। दिलबहादुर थापा परिवारको आयोजना तथा झापाली साहित्य समाजको संयोजनमा महेन्द्र रत्न उच्च मावि, बिर्ताबजारको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचरण शिवाकोटीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराई प्रमुख अतिथिका रूपमा रहेका थिए । 

कार्यक्रममा प्रमुख वक्ताका रूपमा प्रा. डा. अन्जना भट्टराई दिलबहादुर थापाको कृतिमाथि गहन समीक्षा प्रस्तुत गरेकी थिइन् । समीक्षाका क्रममा उनले थापाका सिर्जनाले समाजको यथार्थ चित्रण गर्नुका साथै नेपाली साहित्यमा विशिष्ट स्थान राख्ने उल्लेख गरिन् । सोही अवसरमा कार्यक्रमका विशेष अतिथिहरूलाई दोसल्ला ओढाएर र मालासहित सम्मान गरिएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिहरूका रूपमा निम्न व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो । कार्यक्रममा प्रा.डा. अन्जना भट्टराई, डा. छायादत्त न्यौपाने, डा.व्यञ्जना शर्मा, डा. टीका भण्डारी (वरिष्ठ गायक), डा. रूपक खनाल (गोमेन्द्र कलेजका संस्थापक प्रिन्सिपल), डा. ठाकुरप्रसाद सिग्देल, डा. गंगा अधिकारी थपाको कृतिहरुका चर्चापरिचर्चा गरेका थिए । 

आयोजकका तर्फबाट मोहन थापाले स्वागत गरेको कार्यक्रममा झापाली साहित्य समाजका सचिव विवेक निशानीले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए । 

कार्यक्रममा पूर्वमन्त्री खगेन्द्र प्रसाईं, भवानी क्षेत्री, प्रेमप्रकाश फलाहारी, राजेन्द्र प्रसाईं, रिखिराम बराल, कृष्णमणि अधिकारी, बिर्ताबजार प्रहरी बिटका अध्यक्ष वीरेन कोइराला, विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेल लगायतको उपस्थिति थियो। 

यस्तै, गोपीकृष्ण प्रसाईं, मोहन पौडेल, पुण्यप्रसाद भट्टराई, विष्णु मैनाली, लक्ष्मीप्रसाद आचार्य, गोविन्द सिटौला, अर्जुन भण्डारी र मदन गोपाल सुब्बा (भूपू विद्यार्थी समाज) सहित शिक्षक, शिक्षिका, विद्यार्थी र साहित्य प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सहजी करण झापाली साहित्य समाजका अध्यक्ष हरि वरालले गरेका थिए ।