बिर्तामोड । 

छुनुमुनु थियटर काठमाडौको सहकार्य तथा सिइएस थियटर क्लबको आयोजनामा तीन दिने  प्रथम जिल्ला स्तरीय ‘योङ्ग आर्टिस्ट्स एक्टिङ्ग बुटक्याम्प’ बिर्तामोडमा आजबाट तीन दिनसम्म सन्चालन हुने भएको छ । 

भावनात्मक अभिनय कलाको माध्यमबाट बालबालिकाको आवाज, शरीर, अभिव्यक्ति, भाव, हाउभाउ र मञ्चीय उपस्थितिलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्षम बनाउदै उनिहरुमा रहेको सिर्जनशिलता, कल्पनाशक्ति र आत्मविश्वासलाई अघि बढाउने र उत्कृष्ट प्रतिभाहरुलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रंगमञ्चको यात्राका लागि तयार गर्ने  उद्देश्यका साथ सञ्चालन हुन लागेको कार्यशालाको मुख्य प्रशिक्षण अन्तरास्ट्रिय रुपमा ख्याती कमाइ सकेका छुनुमुनु थियटरका निर्देशक तथा प्रशिक्षक राजन भुजेलले दिनेछन् । 

थियटिकल आर्ट पढाइ हुने जिल्ला भरिका विभिन्न बिद्यालयका बिधार्थिहरु सम्मिलित  भाद्र २७,२८ र २९ गते संचालन हुने कार्यशालाको पहिलो दिन  ूबिद्यालयमा अभिनय शिक्षा ९त्जभबतचभ भ्मगअबतष्यल ष्ल क्अजयय०ि बिषयक प्यानल डिस्कसन सम्पन्न भएको छ। 

प्यानलिस्टको रुपमा प्रशिक्षक राजन भुजेल, झापाका पुराना नाट्य कलाकार टंक बिकल्प, क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष माधव कल्पित, परिवर्तन थियटर मेचिनगरका प्रशिक्षक तथा निर्देशक कबिता नेपाल, र कदम थियटर दमकका सञ्चालक कलाकार सुवासचन्द्र खरेल रहेका छन् भने सहजकर्ताको रुपमा कवि,  सन्चारकर्मी तथा ब्यक्तित्व बिकास प्रशिक्षक लीला अनमोलले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि गीतकार शिवशंकर थापालगायत विभिन्न विद्यालयका प्रिन्सिपलहरु र गीत र संगीतलाई माया गर्ने स्रष्टाहरूको उपस्थिति रहेको थियो।

प्यानल डिस्कसन कार्यक्रममा अतिथिहरूले नानीहरूलाई अध्ययनबाट भन्दा नाटक अभिनयबाट छिटो बुझाउन सकिने उल्लेख गरेका थिए । झापा जिल्लामा नाटकको हिजोको अवस्था र आजको अवस्था र राज्यले हेर्ने दृष्टिकोण के कस्तो छ भन्ने विषयमा डिस्कस भएको थियो। हिजोको अवस्थामा रेडियो नाटकबाट नाटकको मनोरञ्जन लिने गरिएको हाल आएर वर्तमान अवस्थामा भने विभिन्न क्षेत्रमा थिएटरहरु सञ्चालन भएका र अहिले नेपाली चलचित्रको क्षेत्रमा पनि नाटककारहरूको बाहुल्य रहेको वक्ताहरूले प्रष्ट पारे।

चिल्ड्रेन इन्भारोमेन्ट स्कुल झापा जिल्लामा रहेर गीत संगीत विभिन्न खेलकुद गतिविधिहरु नाट्य विधा विभिन्न व्यक्तित्व कलामा सबैभन्दा अग्रणी स्थान ओगट्न सफल भएको छ। यस विद्यालयका फाउन्डर प्रिन्सिपल सन्तोष सुब्बाले पुस्तकको पढाइले मात्र विद्यार्थीहरूमा ज्ञान भएर हुँदैन अतिरिक्त गतिविधिहरुमा पनि विद्यार्थीहरु अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम गर्दै आएको बताए।  आजको कार्यक्रमको सञ्चालन यसै विद्यालयकी छात्रा समता खरेलले गरेकी थिइन् । 

तीन दिन सम्म चल्ने यस कार्यशालाको संयोजन थियटर प्रशिक्षक तथा लेखक÷निर्देशक दिनेशराज शर्माले गर्नेछन् ।