झापा ।
किराना पसलको सटर फुटाएर चोरी गर्ने दुई जना पक्राउ परेका छन् । झापाको कचनकवल गाउँपालिका–७ बालुबाडीस्थित बुधकरण राजवंशीको किराना पसलमा सटरको ताल्चा फुटाई पसलमा रहेको नगदसहित बिभिन्न सामाग्री चोरी गर्ने पक्राउ परेका हुन् ।
गत माघ १४ गते भएको चोरीको बिषयमा अनुसन्धान गर्ने क्रममा बिहीवार साँझ ५ बजेको समयमा भद्रपुर–१ दसरथपुरका २२ बर्षीय भगिराज बिश्वकर्मा र सोही स्थानकी १८ बर्षीया निर्मल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुले किराना पसलको सटरको ताल्चा फोडेर नगद १० हजार, एनसेलको रिचार्ज कार्ड तीन हजार र किराना सामानहरू अन्दाजी पाँच हजार मूल्य बराबरको गरी अन्दाजी १८ हजार रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बनियानिमा ल्याएर राखिएको प्रहरीले जनाएको छ ।


















