झापा ।
जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट भागेर थुनुवा पक्राउ परेका छन् । लागुऔषध कसुर मुद्दामा पक्राउ परी हिरासतमा रहेका दमक नगरपालिका–७ का २४ बर्षीय पुष्कर मगर पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय दमकबाटखटिएको प्रहरी टोलीले शुक्रवार दिनको १ बजेको समयमा उनको घर वतनमा खोज तलास गर्ने क्रममा फरार थुनुवा पक्राउ परेका हुन् ।
मगरलाई उनकै घरमा फेला पारी थप अनुसन्धानका लागि इप्रका दमक ल्याएर राखिएको प्रहरीले जनाएको छ । गत भदौं २४ गते भएको जेनजी आन्दोलनका क्रममा थुनुवा मगर फरार भएका थिए ।
















