बिर्तामोड ।
झापा क्षेत्र नम्बर २ मा चुनावी घरदैलोलाई उम्मेद्वारहरुले तीब्र बनाएका छन् । निर्वाचनको मिति नजिकिएसँगै बिभिन्न दलहरु र स्वतन्त्र रुपमा उम्मेद्वार बनेका उम्मेद्वारहरुले आ–आफ्ना प्रतिवद्धता सार्वजनिक गर्दै मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाएका ह्न् ।
झापा क्षेत्र नं. २ बाट नेकपा एमालेबाट देवराज घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट इन्दिरा रानामगर, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट धर्मशीला चापागाँई, नेपाली कांग्रेसका तर्फबाट सरिता प्रसाई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भद्रप्रसाद नेपाल (स्वागत) सहित अन्य दल र स्वतन्त्र उम्मेद्वारहरु गरी जम्मा १८ जनाले आफ्ना एजेण्डासहित उम्मेद्वारी दिएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेद्वारले आ–आफ्नो एजेण्डासहित मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै आएका छन् । नेकपा एमालेका उम्मेद्वार घिमिरे बिगठित प्रतिनिधिसभाका समामुख हुन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी रानामगर उप–सभामुख हुन् ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट धर्मशीला चापागाँई संविधान सभा सदस्य, पूर्व राज्यमन्त्री हुन् उनलाई एक सर्घषले जन्माएकी कुसल महिला नेतृका रुपमा पनि चिनिन्छ । नेपाली कांग्रेसकी प्रसाई पनि एक महिला नेतृ हुन् । झापा २ मा तीन जना साहसी महिला नेतृहरुको प्रतिस्पर्धाले पनि निर्वाचनलाई निक्कै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।
यता यसअघिको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार बनेर देवराज घिमिरेसँग थोरै मतले पराजय भएका स्वागत नेपालले राप्रपाबाट उम्मेद्वारी दिएका छन् ।

















