झापा । 

झापाका अलग–अलग ठाउँमा भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् । भद्रपुर नगरपालिका–९ पोकापाडा चोकमा आज (मंगलबार) दिनको १ः१५ बजे भएको दुर्घटनामा दुई जना र आजै मेचीनगर –१० दुर्गा धर्मकाँटा दिनको भएको सवारी दुर्घटनामा एक जना घाइते भएका हुन् । 

 मेचीनगर–१० दुर्गा धर्मकाँटास्थित पूर्व पश्चिम हाईवेमा चारआलीबाट धुलाबारीतर्फ आउँदै गरेको प्र.१–०१–००१ ख.४६५३ नम्बरको बसले बिपरित दिशातर्फ जाँदै गरेको प्र.१–०१–००२ ह. ५५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो । दुर्घटना सिटि सफारी चालक मेचीनगर–१०  का १८ बर्षीय अभिषेक मण्डल सकुशल र सोहि सिटिमा सवार यात्रु सोही स्थानकी अन्दाजी ३८ बर्षीया अनिता मण्डल घाईते भई रोशल मेडिकल हल धुलाबारीमा उपचार हुँदै गरेको छ । उनको हात खुट्टामा चोट अवस्था सामान्य, बस, सिटी सफारी र बस चालक  इलाका प्रहरी कार्यालय धुलाबारी झापाको नियन्त्रणमा रहेको छ । 

यसैगरी चारआली चन्द्रगढी सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको म.प्र.१–०३–०४२ प ९४७५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको प्र १–०१–०१२प ७१६७ नम्बरको मोटरसाइकल एकआपसमा दुर्घटना भएको थियो । दुर्घटनामा  ९४७५ नम्बरको मोटरसाइकल चालक भद्रपुर–६ का २९ बर्षीय विशाल राजवंशीको बाया हातखुट्टा र गालामा चोट, अवस्था बोल्न सक्ने मध्यम, ७१६७ नम्बरको मोटरसाइकल चालक  अर्जुनधारा–९ का  २६ बर्षीय अभिषेक रामको दाहिने हात खुट्टामा चोट अवस्था मध्यम रहेको छ । 

दुबै घाइतेको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भईरहेको र दुबै मोटरसाइकल जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।