झापा । 

झापाको भद्रपुरमा ठूलो परिमाणमा लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । गएराति करिव ९ः३० बजेको समयमा भद्रपुर–६ का श्रवण यादवको घरमा लागूऔषध रहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुर, जिल्ला प्रहरी कार्यालय झापाबाट  र लागूऔषध व्युरो ईकाई काँकडभिट्टाबाट प्रहरी टोलीले संयुक्त टोलीले उनको घर खानतलासी गर्दा प्लाष्टिकबाहेक ५०ग्राम ४३०मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।

लागूऔषधसहित भद्रपुर–६ का ३१ बर्षीय श्रवण यादव, सोही  स्थानका २० बर्षीय गणेश राजवंशी र २६ बर्षीय प्रकाश राजवंशी पक्राउ परेका छन् ।

त्यस्तै गएराति नै १०ः३० बजे भद्रपुर–५ भद्रपुर बसपार्कमा सोही प्रहरी टोलीले ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर–५ का ३० बर्षीय शुभम साह , भद्रपुर–४ का ३० बर्षीय जयकरण कहार,  भद्रपुर–६ का ३५ बर्षीय दुलाल शेख र सोही  स्थानका २९ बर्षीय मोहम्मद अमिरबाब रहेका छन् ।

शेखको साथबाट प्लाष्टिक बाहेक १० ग्राम २००मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।