झापा । 

पूवी नाका काँकरभिट्टाबाट भन्सार छलेको र बिर्तामोडबाट  वेवारिसे अवस्थामा रहेको सात लाख वढी मूल्य बराबरको सामाग्री नियन्त्रणमा लिइएको छ । आज (बिहीवार) अलग–अलग समयमा अलग–अलग स्थानबाट सो सामाग्री प्रहरीले नियन्त्रणमा लिएको हो । 

आज साँझ ५ः१० बजेको समयमा मेचीनगर–६ काँकरभिट्टाबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको बिभिन्न किराना सामाग्री एक लाख दुई हजार ८१८मूल्य बराबरको  नियन्त्रणमा लिएको छ । 

यसैगरी आज बिहानअन्दाजी १० बजेको समयमा बिर्तामोड–५, चामल मण्डीबाट वेबारिसे अवस्थामा हार्डवेयरको सामानहरु रहेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको  प्रहरी टोलीले  सडक किनाराको पेटीमा कुनैबिल नरहेको  सामानहरु बेबारिसे अवस्थामा फेला पारेको छ । 

उक्त सामान अन्दाजी ५ लाख ९९ हजार ६५० मूल्य बराबरको गरेको थियो । सो सामान बरामद गरी  आवश्यक कारबाहिको लागि भद्रपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।