बिर्तामोड ।
झापामा एक जना चालकको गाडी चलाइरहेका अवस्थामा मृत्यु भएको छ । मोरङ शनिश्चरे नगरपालिका–९ का ४५ बर्षीय योगेश धिमालको मृत्यु भएको हो ।
बिहिबार बेलुका अन्दाजी ६ः३० बजे झापाको कमल गाउँपालिका–५ सितापुरीचोक स्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट पथरीतर्फ जाँदै गरेको प्र.न.१–०४–००१ च.००८० नम्बरको स्करपियो चालक धिमाल गाडी चलाउने क्रममा अचानक गाडी भित्र असहज भएको थियो ।
असहज भएपछि उनले गाडी सडक किनारामा रोकी बेहोस भएको अवस्थामा सोही गाडीमा सवार यात्रुहरुलेदेखि बोलाउँदा नबोले पछी स्थानियको सहयोगमा चालकलाई तत्काल उपचारको लागि निम्स अस्पताल दमक पठाइएको थियो । उपचारको क्रममा राति ८ः०० बजे सोहि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापालाई जनाएको छ ।


















