बिर्तामोड । 

६९औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर  बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाले मूल्यवान सदस्यलाई सन्तुष्ट पार्नका लागि आत्म–प्रेरणात्मक कला सम्बन्धी एक दिने तालिम प्रदान गरेको छ । संघको आयोजनामा आज (बिहीवार) बिर्तामोडमा एक दिने तालिम सम्पन्न भएको छ ।

जिल्लामा रहेका १९० वटा बचत तथा ऋण सहकारी संस्था मध्ये १६३ वटा संस्थाका बजार प्रतिनिधिहरुलाई लक्षित गरि झापाको बिर्तामोडमा तालिम आयोजना गरिएको संघका अध्यक्ष युवराज गिरीले जानकारी दिए । 

तालिमको उद्घाटन प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले गरेका थिए । व्यवस्थापन विज्ञ डा. रामराज प्रताप भण्डारी सहजकर्ता रहेको उक्त तालिममा संस्था, कर्मचारी, सदस्य र  अन्य सरोकारवालासहित विविध ठोस र प्रभावकारी वातावरणबिचको अन्तरसम्बन्ध, सहकारीमा सदस्यको सेवा र सम्बन्धका मुख्य औजार तथा आयामहरुको व्यावहारिक र सैद्धान्तिक प्रयोग माथि छलफल, बजार प्रतिनिधि कर्मचारीहरुका चुनौती र आफूमा हुनुपर्ने विशेष ज्ञान र क्षमता माथि छलफल, सहकारी उत्पादनहरु तिनीहरुको यथोचित बजारीकरणलगायतका विषयमा सहजिकरण गरिएको थियो ।

संस्थाका अध्यक्ष युवराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा १५० जना बढी बजार प्रतिनिधिको सहभागीता रहेको बताइएको छ । अध्यक्ष गिरीले तालिमको औचित्य माथि प्रकाश पारेको तालिम उद्घाटन कार्यक्रममा  लेखा सुपरीवेक्षण समितिका संयोजक जगन्नाथ भट्टराईले स्वागत गरेको गरेका थिए । 

कार्यक्रमको सञ्चालन सचिव विनोद ढकालले गरेका थिए । कार्यक्रममा बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला, संघका पदाधिकारी तथा सदस्यलगायतको आतिथ्य रहेको थियो ।