झापा ।
झापाको पूर्वी नाका काँकरभिट्टाबाट सुपारी नियन्त्रण गरिएको छ । आज (शनिवार) बिहान ७ः४५ बजेको समयमा नेपालबाट भारततर्फ लगिदै गरेको सुपारी नियन्त्रण गरिएको हो ।
मेचीनगर नगरपालिका–६ पिङकिठ्याकबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको ७५ केजी सुपारी नियन्त्रणमा लिएको हो ।
उक्त सुपारीको मूल्य ७५ हजार बराबर रहेको र सुपारी नियन्त्रणसँगै इलका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















