बिर्तामोड । 

झापाको बिर्तामोडमा तीन बर्ष अघि सञ्चालनमा आएको पियङ्का क्लिनिकले उत्कृष्ट तीन महिलालाई सम्मान गरेको छ । क्लिनिकले आज (शनिवार) आफ्नो तेस्रो स्थापना दिवसको अवसर पारेर तीन महिलालाई उत्कृष्ट महिलाको रुपमा सम्मान गरेको हो । 

क्लिनिकले जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख एसपी बसुन्धरा खड्का, सञ्चारकीका समुह झापाकी अध्यक्ष तथा सञ्चारकर्मी लीला अनमोल र क्यान्सर पिडीत तथा साइकल यात्री नमिता बस्नेतलाई उत्कृष्ट महिलाका रुपमा सम्मान गरेको हो । 

क्लिनिककी प्रबन्ध निर्देशक प्रियङ्का कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाई, सहकारी तथा सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, डा. पुस्पक रेग्मीलगायतले सम्मानीतहरुलाई सम्मान गरेका थिए । 

सोही कार्यक्रमकाबिच क्लिनिकका चार जना कर्मचारीलाई कदरपत्रसहित सम्मान गरिएको थियो । कर्मचारी तारा लिम्बु, गीता लिम्बु, अर्पणा तामाङ र कल्पना लिम्बुलाई कदरपत्रले सम्मान गरिएको थियो । त्यसैगरीगरी अन्य कर्मचारीलाई पनि मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन पलाक्षी रेग्मीले  गरेकी थिइन् । 

कार्यक्रममा सामाजिक ब्यक्तित्व राजकुमार पोखरेल, आशिष बन, डा. निरु नेपाल, सजेश शिवाकोटीलगायत बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसहितको उल्लेखीय उपस्थिति रहेको थियो ।