बिर्तामोड । 

स्टेप वान एजुकेशन कन्सल्टेन्सीले बिर्तामोडमा आफ्नो सेवा विस्तार गरेको छ । काठमाडौंमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले पूर्वका बिद्यार्थीहरुलाई सेवा दिने उदेश्यले चौथो शाखा बिर्तामोडस्थित भद्रपुर रोडमा सञ्चालनमा ल्याएको हो । 

विशेष गरेर दक्षिण कोरिया अध्ययनका लागि जाने बिद्यार्थीहरुलाई भाषा र शैक्षिक परामर्श दिदै आएको स्टेप कन्सेल्टेन्टले पूर्वका बिद्यार्थीहरु सहजताको लागि बिर्तामोडमा शाखा सञ्चालन गरेको बिर्तामोडका ब्यवस्थापक हेमन्त चौहानले जानकारी दिए । 

उनका अनुसार कन्सल्टेन्सीले दक्षिण कोरियासँगै जापान, क्यानाडा, युके अस्ट्रेलियालगायतका देशमा अध्ययनका लागि जाने बिद्यार्थीहरुलाई पनि भाषा र शैक्षिक परामर्श दिनेछ । 

चार बर्ष  अघि सञ्चालनमा आएको कन्सल्टेन्सीले काठमाडौं, धरान, इटहरीबाट सेवा दिइरहेको र आज अर्थात सोमवारदेखि बिर्तामोडबाट पनि सेवा दिने बताइएको छ । कन्सल्टेन्सीको शाखाका उद्घाटन युवा व्यवसायी अर्जुन मैनालीले रिवन काटेर गरेका छन् । कन्सल्टेन्सीको शाखा कार्यालयमा पूजापाठपछि मैनालीले उद्घाटन गरेका हुन् । 

हालसम्म कन्सल्टेन्सीले चार सय वढी बिद्यार्थीहरुलाई दक्षिण कोरियाका उत्कृष्ट युनिभसिटीहरु जुङुवु, कङवोन नेशनल, तोङम्याङ, कोनयाङलगायतकामा पठाएको छ । कन्सल्टेन्सीले भाषा, शैक्षिक परामर्शसँगै त्यहाँको रहनसहन, वाताबरणलगायतका बिषयमा पनि दक्ष प्रशिक्षकले जानकारी गराउने बताइएको छ ।