झापा । 

 झापाको अर्जुनधारा नगरपालिका–११ बगानबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । लागूऔषध बिक्री बितरण भई रहेको छ भन्ने सुचनाको आधारमा लागूओषध व्युरो काँकरभिट्टा, अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको  संयुक्त टोलीले  आज (बुधवार) बिहान ४ बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

प्रहरीले अर्जुनधारा–११  का २५ बर्षीय संजोग राई, सोही स्थानका २५ बर्षीय रुपेश दर्जी र ३७ बर्षीय अमृत दर्जीलाई लागूऔषधसहित पक्राउ गरेको छ । 

उनीहरुको साथबाट लागुओषध  ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ  प्लाष्टिक बाहेक २७ ग्राम ८३० मिलिग्राम बरामद गरेको छ । उनीहरुका साथबाट बा ४० प ३९९४ नम्बको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको बताइएको छ ।

उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।