झापा ।
झापाको अर्जुनधाराको चियाबगानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् ।मंगलबार दिउँसो १ः३० बजे अर्जुनधारा–११ स्थित चियाबगानबाट लाग्रऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।
प्रहरी टोलीले
बिर्तामोड–३ का २२ बर्षीय विश्व राजवंशी, अर्जुनधारा–४ का २६ बर्षीय सनम खड्का, अर्जुनधारा–५ का २९ बर्षीय ध्रुवकुमार दनुवार, अर्जुनधारा–११ का २९ बर्षीय मन्दिप राई र सोही स्थानका ३४ बर्षीय उमेश तामाङलाई पक्राउ गरेको हो ।
चियाबगान क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह, लागूऔषध ब्युरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट संयुक्त प्रहरी टोली खटिएको थियो ।
उनीहरुको साथबाट प्लास्टिकबाहेक १७ ग्राम १९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनीहरुसहित मे.१० प ९२९३ नम्बरको पल्सर मोसा, नगद साथै ४ थान मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई इप्रका अनारमनीमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

















