झापा । 

हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै नेपालको दक्षिणतीर अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी, असिनासहित मध्यम सम्मको वर्षा–हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली  प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राती देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा, तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित भारी वर्षाको पनि  सम्भावना रहेको महाशाखाले जनाएको छ।