बिर्तामोड ।
‘इन युवर स्कुटर’ नेपाली भिडियो गीत सार्वजनिक भएको थोरै समयमा निक्कै चर्चामा आएको छ । झापाका युवराज गिरी र नविना सिलवालको अभिनय रहेको सो म्युजिक भिडियोले युवाको मन जित्दै गएको छ ।
गिरी ग्राण्ड फिल्मस प्रालिको अफिसियल युट्व च्यानलबाट ३ दिन अघि सार्वजनिक भएको म्युजिक भिडियोको अहिले टिक र फेसबुकसहित सामाजिक सञ्जालमा युवायुवतीहरुले गीतको रिल बनाउने क्रम वढेर गएको छ ।
गायक कर्णराज गिरी र प्रभा राईको सुमधुर स्वरमा सजिएको म्युजिक भिडियो सार्वजनिक भएको ३ दिनमै धेरै दर्शकको मन जित्न सफल भएको छ । लिरिक्स अर्पण गिरी (अरमानजंग) को रहेको गीतलाई म्युजिक दिएका छन् विकास चौधरीले ।
एरेन्ज बुद्ध सुन्बा, इडिटर आर्यन पोखरेल, मेकअफ सम्झना माया÷उर्मिला लामा, लाइट मेघराज धिमाल, पोडक्शन बिजय रसाइली, सिनेमाटोग्राफर ओम प्रसाई र रेकोडिष्ट अनिश लिम्बुले गरेको म्युजिक भिडियोको निर्देशन संगीतसागर बुर्गाले गरेका छन् ।
भिडियोपनि :


















