बिर्तामोड । 

डोजर चलाएर आफुले लगाएको बाली नाश गरिदिएको भन्दै पिडीतले न्याय र क्षतिपुर्तिका लागि आग्रह गरेका छन् । बैशाख १९ गते बिर्तामोड नगरपालिका–२ स्थित श्रीहरि टोलमा राजनीतिक पूर्वग्राह राखेर बिर्तामोड नगरपालिकाले आफुलाई बिना सूचना लगाएको बालीमा डोजर चलाएको भन्दै कृष्णप्रसाद दाहालले क्षतिपुर्तिको माग गरेका हुन् । 

दाहालले बिर्तामोड नगरपालिकालाई दिएको निवेदनमा भनेका छन् ‘बिना सूचना परिपत्र र समझदारी बिना नगरपालिकाबाट वडाध्यक्षको रोबहरमा बलजफत तरिकाले जग्गामा लगाएको मकैबारी सवै नष्ट पारेकोले न्याय गरी धनिपूर्जामा भएको मेरो जग्गा पुराई मकैको क्षतिपुर्ति दिई न्याय दिलाइदिनु हुन निवेदन गर्दछु ।’  

नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला र बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडलले राजनीतिक पूर्वाग्राह राखेर आफ्नो मकैबारीमा डोजर चलाएको पीडीत दाहालका भतिज भिष्म दाहालले आरोप लगाएका छन् । 

 उनले आफुहरुमाथि अन्याय भएको भन्दै कानुनी उपचारका लागि अदालत जाने बताएका छन् । डोजर चल्नुपर्छ भने माथि मुहानदेखि नै चल्नु पर्थ्यो’ भिष्मले भने ‘तर, कृष्णप्रसाद दाहालको बिचमा मात्र किन चल्यो ।’ उनले यसले पनि राजनीतिक पूर्वग्राही भएको पृष्टि भएको छ । 

नगरपालिकाले डोजर चलाएर खनेको सो स्थानमा सोही दिन स्थानीयहरुले भेला भएर पुरेका थिए ।