बिर्तामोड ।
चलचित्र पत्रकार संघ नेपाल कोशीको आयोजना तथा चलचित्र पत्रकार संघ नेपाल झापाको संयोजनमा झापाको बिर्तामोडमा ‘चलचित्र, पर्यटन र पत्रकारिता’ विषयक अन्तरक्रिया तथा क्यालेण्डर सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ नेपाल कोशीका उपाध्यक्ष रमेश तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टा झापाका प्रमुख छविलाल खतिवडाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङ, नेपाल चलचित्रकर्मी संघका केन्द्रीय सदस्य मिजास पोखरेल, नेपाल चलचित्र निर्माता संघका केन्द्रीय सदस्य युवराज गिरी, चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश इन्चार्ज नरेन्द्र बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष सुब्रत न्यौपाने, नेपाल फिल्म सोसाइटी कोशी अध्यक्ष देवीभक्त श्रेष्ठ, पर्यटन पत्रकार मञ्च झापा अध्यक्ष विनोद पाण्डे, संघका इलाम अध्यक्ष अतित योङहाङ, सुनसरी अध्यक्ष सुवास संकल्प श्रेष्ठ, वीरता जेसीजका अध्यक्ष एलसी श्रेष्ठ लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
संघको कोशी प्रदेश समिति सदस्यमा मनोनित सुनिरा मैनाली र शिव भट्टराईलाई प्रमाणपत्र वितरण गरिएको थियो । स्वागत संघका झापा अध्यक्ष एकराज प्रधानले गरेको कार्यक्रमको सञ्चालन संघका कोशी प्रदेश सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए ।


















