झापा । 

​झापाको बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीमा जंगली च्याउ खाँदा ११ जना बिरामी परेका छन्। आज (आइतवार) बिहान करिब १० बजे स्थानीय तेजबहादुर खवासको घरमा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा उनीहरू बिरामी भएका हुन्।

​बिरामी पर्नेहरूमा ५० वर्षीया कमला माया खवास, ३१ वर्षीय डिल्ली खवास र २० वर्षीया अनिता खवासलगायत अन्य ८ जना बालबालिका रहेका छन्। बिरामीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याइएको थियो।

​प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ९ जनालाई दमकस्थित बाल अस्पताल रिफर गरिएको छ। बिरामीमध्ये २ जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।