बिर्ताबजार ।
झापाको बिर्तामोड नगरपालिका–४ स्थित बिर्ताबजारमा रहेको ग्लोरी अंग्रेजी माध्यमिक बिद्यालयबाट यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएर उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको छ ।
एसईई परिक्षमा उत्कृष्ट नतिजा फोर जिपिए ल्याउने मोहमद सुफिहानलाई नगद ५ हजार र अन्य बिद्यार्थीहरुलाई २/२ हजार नगरसहित आज (मंगलबार) बिद्यालयमा सम्मान गरिएको बिद्यालयका ब्यवस्थापक सन्तोष प्रसाईले जानकारी दिए । प्रसाईका अनुसार सुफिहानलाई नगद ५ हजारसहित सम्मान गरेको र आगामी बिद्यालयको बार्षिकोत्सवका अवसरमा एउटा ल्यापटपसमेत प्रदान गरिने घोषणा गरिएको छ ।
आज बिद्यालयमा आयोजित संक्षिप्त कार्यक्रमकाबिच बिद्यालयका कार्यबहाक प्रिन्सिपल शसिलकुमार राई र व्यवस्थापक प्रसाईले एसईईमा उत्तिर्ण बिद्यार्थीहरुलाई सम्मान गरेका हुन् । बिद्यालयबाट गत एसईईमा ३० जना बिद्यार्थी सहभागी भएका ब्यवस्थापक प्रसाईले जानकारी दिए । जसका एक जनाले फो जिपिए, ५ जनाले ए प्लस र १० जनाले ए अंक ल्याउन सफल भएका छन् । अन्य बिद्यार्थीले पनि रामै्र नतिजा ल्याउन सफल भएको प्रसाईको भनाई छ ।

















