बुट्टावारी । 

झापाको अर्जुनधारा नगरपालिका–११ अन्तरगत जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय ‘जुनकीरी बाल क्लव’ गठन भएको छ । बालक्लवकि अध्यक्ष तरनुम खातुनको कार्यकाल सम्पन्न  भएसँगै रिक्त रहेको बाल क्लवमा हालै निर्वाचन प्रक्रियाबाट ११ सदस्य नयाँ समिति गठन भएको हो । 

बाल क्लवको अध्यक्षमा रोहन भण्डारी निर्वाचित भएका छन् भने उपाध्यक्षमा तनुजा उराउ, सचिबमा राधिका पासवान, सह–सचिवमा दिपक बयलकोटी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा गोलाप्रथाबाट सात जना सदस्य निर्वाचित भएका छन् ।  सदस्यमा प्रमिस राई, असोक खवास, मिसन मोहरा, भिम बिश्वकर्मा, सायाहाङ्ग राई, दिपेश दर्जी र राजु हेमरम रहेका छन । 

कार्यक्रममा बाल क्लबको नीति नियम बालबालिकाको अधिकार र अतिरिक्त क्रियाकलापको राम्रो ब्यवस्थापनसहित विभिन्न अतिरिक्त कार्यक्रम एवम् शैक्षिक कार्यक्रमहरु आयोजना गरि विद्यार्थीको चौतर्फी वृत्ति बिकासमा टेवा पुर्याउन साथै बिद्यालयको हरेक बैठक साथै कार्यक्रममा सहभागी रहि हातेमालो गरि अगाडी बडन सहयोग रहने भन्दै प्रधानाध्यापक रन्जित परियारले सहजीकरणगरेका थिए । 

 बालबालिकाहरुलाइ शिक्षकहरु अनुजा क्षेत्री, गिता देबि खरेल, निर्मला लुइँटेल, सुरेखा योङ्गयाङ्ग, अम्बिका गुरुङ्ग, मुना मुखिया, औतारा थापा र सृजना मगरले निर्वाचनको विभिन्न प्रक्रियामा सहयोग गर्नु भएको थियोगरेका थिए। नवनिर्वाचित समितिलाई बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् सस्थापक जगत बहादुर मगरले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।